गान्तोकमा ‘गर्ल्स भिजन फर द् फ्युचर’ विषयबारे सचेतनामूलक कार्यक्रम सम्पन्न

00-1

गान्तोक:  महिला तथा बाल विकास विभागले देवराली जिल्ला हबमा ‘गर्ल्स भिजन फर द् फ्युचर’ विषयमा (अक्टोबर २ देखि ११ अक्टोबरसम्म मनाइने) इन्टरनेसन डे अफ् द् गर्ल्सको अवसरमा ‘छोरी पढाउ छोरी बचाऊ’को प्रचारका लागि सचेतना कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा २८ र १६ वार्ड तादोङका किशोरीहरू र उनीहरूका आमाहरूलाई समुदाय र सशक्तिकरणको भावना जगाउँदै एकसाथ सहभागी गराएको थियो। कार्यक्रममा तादोङ वार्डका पार्षद मिलन गौतमको उपस्थिति रहेको थियो।

जेन्डर स्पेसियलिस्ट निशा हाङ्मा सुब्बाले अतिथिहरूलाई परम्परागत ढाँचा प्रस्तुत गरी न्यानो स्वागतका प्रेरणादायी स्वागत वक्तव्य राखेर उपस्थितहरूलाई सम्बोधन गरिन्। गान्तोक जिल्लाका समाज कल्याण अधिकारी मणिकाला गुरुङले बालिका शिक्षाको प्रवर्द्धन र घट्दो महिला लिङ्ग अनुपातको बारेमा चेतना जगाउन छोरी पढाऊ पहलको महत्त्वलाई जोड दिइन्। उनले छोरीको जन्मलाई वरदानका रूपमा मनाउनुपर्ने बताउँदै केही घरमा छोरीहरूलाई विवाहपछि जिम्मेवारीका रूपमा मात्रै हेरिने, अनि अधिकार र अवसरबाट बञ्चित गराइने पुरानो मानसिकता अझै पनि रहेको बताइन्।

केटी भएर कसैको सम्भावना वा अवसरलाई सीमित गर्न नहुने उनले आफ्नो भनाइ राखिन्। उनले आमाबाबुलाई आफ्ना छोरीको अधिकारलाई पक्षको रूपमा नभई सर्वोपरिको रूपमा हेर्न प्रोत्साहित गरिन्। थप रूपमा उनले ‘नशा मुक्त भारत’ अभियानलाई सम्बोधन गरिन्, जसको उद्देश्य आज समाजमा किशोर किशोरी र युवाहरूमा लागुऔषध दुरुपयोग अनि यसको असरको बारेमा सचेतना जगाउने उद्देश्य थियो। उनले विभिन्न राष्ट्रिय सामाजिक सहायता कार्यक्रम योजनाहरू र राज्य सरकारले आमाहरूलाई सहयोग गर्न र केटीहरूको लागि छात्रवृत्ति प्रदान गर्न लागू गरेको ‘आमा योजना’ पहलहरूको बारेमा पनि चर्चा गरिन्।

काउन्सिलर मिलन गौतमले आफ्नो मन्तव्यमा समाजले केटीहरूलाई पालनपोषण गर्ने व्यक्तित्वका रूपमा सम्मान गर्ने भएता पनि केटा र केटीबीचको विशेषाधिकारमा विभेद कायमै रहेको बताए। उनले हिन्दू पौराणिक कथाहरूमा नारी देवताहरूको प्रमुखताले समाज र राष्ट्र दुवैमा महिलाहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई रेखांकित गरेको बताए। उनले परिवारलाई सहयोग गर्न र महिला सशक्तिकरणको लागि डिजाइन गरिएका विभिन्न सरकारी कल्याणकारी योजना र सुविधाहरूबारे पनि सम्बोधन गरे। नागरिकलाई कार्यालयमा जानुपर्नेभन्दा पनि सरकारी विभागलाई जनतामाझ पुर्याएर थप पहुँचयोग्य बनाउने वकालत गर्ने मुख्यमन्त्रीको दुरदृष्टिअनुरूप यस्ता जनचेतनामूलक कार्यक्रम संचहलन गर्नु समुदायका लागि निकै फाइदाजनक रहेको बारेमा मिलन गौतमले जोड दिए। कार्यक्रम सुश्री निशा सुब्बाले धन्यवाद ज्ञापन गर्दै समापन गरिन्। यसबारेमा महिला अनि बाल विकास विभागले प्रेस विज्ञप्ति जारी गरेको छl    

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement