फूलपाती शोभायात्रालाई लिएर खरसाङमा सभा अनि फूलपाती शोभायात्रा समारोह समिति गठन

IMG-20241005-WA0260

खरसाङ: खरसाङमा फूलपाती शोभायात्रा कार्यक्रमलाई लिएर खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा विभिन्न संघ संस्थाहरूलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा विशेष गरेर खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासद श्याम शेर्पा, जीटीएको सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट गोबिन छेत्री लगायत खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरू र जात गोष्ठीहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभामा खरसाङमा फूलपाती शोभायात्रा आयोजना विषयमा उपस्थित सबैले आफ्नो आफ्नो सुझावहरू राखेका थिए। सबैको सुझाव अनुसार खरसाङमा फुलपाती शोभायात्रा आयोजना गरिने तथा यसको लागि फूलपाती शोभायात्रा समारोह समिति पनि गठन गरिएको छ। उक्त समितिमा सभापति आशा मुखिया लामा, सचिव सुवास प्रधान, कोषाध्यक्ष सुरेन कटुवाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू र जात गोष्ठीहरूका प्रतिनिधिहरूलाई उप सभापति, सह सचिवहरू र कार्यकारी सदस्यहरू चयन गरिएको छ। खरसाङमा हुने फूलपाती शोभायात्रा अन्तर्गत बिहान ९.३० बजेदेखि खरसाङको रेलवे स्टेशनबाट फूलपाती शोभायात्रा शुरु भएर शहर परिक्रमा गरेर खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा पुगेर सम्मान कार्यक्रम गरी समापन कार्यक्रममा गरिने भएको जानकारी प्राप्त भएको छ।

उक्त फूलपाती शोभायात्रा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान एंव फूलपाती शोभायात्रा समारोह समितिको सचिव सुवास प्रधानले खरसाङ नगरपालिका र जीटीएको सूचना एवं सांस्कृतिक विभाग खरसाङको संयुक्त आयोजनामा यसपालीको फूलपाती शोभायात्रा समारोह आयोजना साथै खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरू र विभिन्न जात गोष्ठीको प्रतिनिधिहरूलाई समावेस गरेर आयोजना गरिने भएको जानकारी गराएका छन्। उनले यसपालीको फूलपाती शोभायात्रा बिहान ९.३० बजेदेखि खरसाङको रेलवे स्टेशनबाट शुरु भएर खरसाङ बजार परिक्रमा गरेर नयाँ बजारस्थित सार्वजनिक भवनमा पुगेर सम्मान कार्यक्रम गरी समापन गरिने बताएका छन्।

उनले फूलपाती शोभायात्रा र कार्यक्रममा सहभागी भएर कार्यक्रम गर्न चाहाने संघ संस्थाहरू र व्यक्ति विशेषलाई आयोजक समितिको दुईजना व्यक्तिहरू प्रेमेन्द्र गुरूङ र गोबिन छेत्रीलाई सम्पर्क गर्न सक्ने पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement