श्रमिकहरूको बीस प्रतिशत बोनसको लागि म पनि सड़कमा उत्रनेछु: पेम्बा रिम्पोर्छे

IMG-20241005-WA0246

खरसाङ: चियाबारी श्रमिकहरूको बीस प्रतिशत बोनसको लागि म पनि सड़कमा उत्रेनेछु भनी बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले बंगाल सरकारले पहाड़को चियाबारीमा हस्तक्षेप गर्दिन भनेको छ र बीस प्रतिशत बोनसमा चार प्रतिशत कता गयो जसरी पनि श्रमिकहरूले रहल 4 प्रतिशत पनि पसेको हुनुपर्छ भनी मांग गरेका छन्। उनले दशैं आउँछ जान्छ तर श्रमिकहरूले पाउनु पर्ने बीस प्रतिशतको बोनस जसरी पनि पाएको हुनुपर्छ भन्दै यसपाली बीस प्रतिशत बोनस पाएन भने जीटीए फेल भएको हो भनी बताएका छन्। उनले जीटीए सञ्चालन गर्नेहरूले श्रमिकहरूको शोषण गरिरहेको आरोप लगाउँदै जीटीए छोड्नुपर्छ भनी मांग गरेका छन्। रिम्पोर्छेले श्रमिकहरूको हक र अधिकारको लागि म पनि सड़कमा निस्कनेछु र चियाबारी श्रमिकहरूको लागि म सदैव साथ दिनेछु भनी बताएका छन्। पेम्बा रिम्पोर्छेले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, ‘मैले कोविडको समयमा पनि हरेक दिन लाखौं रूपियाँ खर्च गरेको थिए र अहिले पनि श्रमिकहरूका लागि बीस प्रतिशत बोनस दिन म सक्षम छु। तर आफुले सक्षम छु भनेर भन्न खोजेको होइन तर चियाबारी श्रमिकहरूको पक्षमा सदैव उँभिएको हुनेछु अनि सदैव मेरो साथ र सहयोग रहनेछ। चियाबारी श्रमिकहरूले बीस प्रतिशतको दरले बोनस पाएको नै हुनुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement