जलपाईगढी: कोतवाली थाना अन्तर्गत जुबली पार्कको छेउमा रहेको टिस्टा नदीको किनारमा रहेको सुकान्तपल्लीका बासिन्दाहरूको एक मात्र डर भनेको तटबन्ध माथिको सडकमा अति तेज गतिमा कुद्ने बाइक गिरोहहरू हुन्। शनिबार दिउँसो तीब्र गतिमा आइरहेको मोटरसाइकल चालकले नियन्त्रण गुमाएर बाटोमा हिडिरहेका एक बालकलाई ठक्कर दियो। मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते भएका छन्। उल्लेखनीय छ, कोलकाता उच्च अदालतको जलपाईगढी सर्किट बेन्चका न्यायाधीशको निवास टिस्टा बाँधको प्रवेशद्वारमा छ। शहरका कैयौं केटाहरूले तीव्र गतिमा मोटरसाइकल चलाएर दिनहुँ प्रतिस्पर्धा गर्ने गरेको स्थानीयले गुनासो गरेका छन्। घटनाका प्रत्यक्षदर्शी शुभंकर विश्वासले आक्रोश पोख्दै यो तटबन्ध सडकमा दिनहुँ युवाहरुको ओहोरदोहोर हुने गरेको बताए। यो रोक्न आवश्यक रहेको उनको भनाइ छ।