गान्तोक: सिक्किमका पूर्वमुख्यमन्त्री स्व० नरबहादुर भण्डारीलाई उनको ८४औं जन्मजयन्तीको अवसरमा सम्मान भवन, गान्तोकमा आयोजित एक समारोहमा श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङका साथमा श्रीमती कृष्ण राई, विधानसभाका उपाध्यक्ष, क्याबिनेट मन्त्रीहरू, सल्लाहकारहरू, मेयर, उपमेयर, जीएमसीका काउन्सिलरहरू, पूर्व विधायकहरू र विभिन्न सरकारी विभागका प्रमुखहरू र वरिष्ठ अधिकारीहरूको उपस्थिति रेको थियो।

मुख्यमन्त्री प्रेमसिंह तामाङले स्व० नरबहादुर भण्डारीको तस्वीरमा दीप प्रज्वलन गरी कार्यक्रमको शुरुवात गरियो। सो अवसरको उपस्ताहित सबैले स्व० नरबहादुर भण्डारीको तस्वीरमा श्रद्धापूर्वक खादा चढाएर श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रममा नरबहादुर भण्डारी सरकारी कलेजका सहप्राध्यापक डा गीता निरौलाले स्व० नरबहादुर भण्डारीको जीवनीबारे संक्षिप्त विवरण प्रस्तुत गरिन्। स्मरण समारोहमा राजनीतिक नेताहरू र प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियोl स्व० नरबहादुर भण्डारी जसलाई सिक्किमको परिदृश्य परिवर्तन गर्ने आधुनिक सिक्किमको वास्तुकार भनेर चिनिने नेतालाई श्रद्धाञ्जली अर्पण गरे। -आईपीआर









