उतर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज पुलिसले शनिबार पूजा गाइड मैपको उद्घाटन गरे। सो अवसरमा रायगञ्जका पुलिस उपरीक्षक सना अख्तर, उत्तर दिनाजपुर जिल्ला परिषद्का अध्यक्ष पोम्पा पाल, रायगञ्ज नगरपालिकाका नगर प्रशासक सन्दीप विश्वास, विभाग शासक अरिन्दम सरकार, व्यापारी संघका सचिव अतनु बन्धु लाहिरी, जिल्ला पुलिस अधिकारी लगायतका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो। कर्णझोरास्थित एसपी कार्यालयमा गाइड मैपको उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो।