सिलगढी: भक्तिनगर पुलिसले युवतीकालाई दुष्कर्म गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपी सिलगढी नगरनिगम क्षेत्रको बासिन्दा रहेको बताइएको छ। आरोपी भाडाको घरमा बस्छन्। सोही घरमा एक युवती आफ्नो बुबा आमासँग बस्छिन्। ३ अक्टोबरको राति युवती बाथरुम जाँदा आरोपीले जबरजस्ती कोठामा लगेर दुष्कर्म गरेको आरोप छ। घटनापछि युवतीकी परिवारले आरोपीविरुद्ध भक्तिनगर पुलिस चौकीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा पुलिसले आरोपितलाई शुक्रबार पक्राउ गरेको छ। आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।