नेपाल-भारत सीमामा रहेको मेची नदीमा डुबेर एक महिलाको मृत्यु

IMG-20241005-WA0224

सिलगढी: नेपाल-भारत सीमामा रहेको मेची नदीमा डुबेर एक महिलाको मृत्यु भएको घटना खोरीबारीको पानीटेंकीको छोटो बद्रजोतको हो। मृतक महिलाको नाम हेमा खरेल हो। उनी नेपालको गौरी गाउँकी थिइन्।
आज बिहान तीन नेपाली महिला मेची नदी तरेर नेपालबाट भारत जान खोजेका थिए। तर खोलाको पानी बढी भएकाले तीनै महिला डुबेका थिए। तर, दुईजना महिला कुनै तरिकाले पानीबाट बाहिर निस्किए पनि हेमा खरेल नामकी एक महिला भने पानीको तीव्र बहावले बगाएकी छन्। घटनास्थलबाट केही टाढा खोलाको किनारमा महिला फसेकी थिइन्। त्यसपछि स्थानीयले महिलालाई देखे। पछि पुलिसलाई घटनाबारे जानकारी गराइएको थियो। खबर पाएलगत्तै खोरीबारीको पानीटेँकी थानाका पुलिस घटनास्थलमा पुगेर महिलाको शव बरामद गरी खोरीबारी पुलिस थानामा लगेका थिए। शवलाई पोष्टमार्टमका लागि आज उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल लगिएको छ। बाँकी दुई महिलाको नेपालमा उपचार भइरहेको बताइएको छ।

About Author

Advertisement