सिलगढी: राज्य प्रमुख प्रतिपक्षी दलका नेता सुभेन्दु अधिकारी उत्तर बङ्गालको भ्रमणमा छन्। आज बिहान कोलकाताबाट बागडोग्रा एयरपोर्ट पुगे। बागडोग्रा विमानस्थल पुगेपछि पार्टीका नेता, कार्यकर्ता र समर्थकले न्यानो स्वागत गरेका थिए। त्यसपछि उनी सिधै कालचिनी गए। आज कालचिनीमा उनको धेरै कार्यक्रम रहेको थाहा छ।