भद्रपुर: झापाको मेचीनगरमा मेची नदीले बगाएर बेपत्ता भएकी एकजना महिलाको शव भेटिएको छ।
हिजो दिउँसो अन्दाजी ३ बजेतिर मेची नदी तर्ने क्रममा नदीले बगाउँदा बेपत्ता भएकी हिमा पोखरेल खरेलको शव भेटिएको हो। मेचीनगर-७ पुरानो भन्सारकी ३४ वर्षीया हिमाको शवलाई नदीमा तैरिरहेको अवरस्थामा आज बिहान भेटिएको स्थानीय शिक्षक देबु बानियाँले जानकारी दिए।