मंगलबारेमा दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप को चौथो दिन: वडा नम्बर ०५ विजयी

IMG-20241005-WA0006

भद्रपुर: मोरंगको उर्लाबारी नगरपालिका वार्ड नं ०३ स्थित मंगलबारेमा दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०२४ प्रतियोगिता सञ्चालन भइरहेको छ। हिजोको चौथो दिनको खेलमा वार्ड नं ०५ को भेट्रान क्लब विजय भएको छ। सो आजको कार्यक्रम का प्रमुख अतिथि उर्लाबारी नगरपालिका वार्ड नं ०८ का वार्ड अध्यक्ष कुल बहादुर कार्कीबाट कार्यक्रम सञ्चालन भएको थियो।
सो प्रतियोगिता को कार्यक्रम सञ्चालक मंगलबारे निवासी राम तिम्सिनाले सञ्चालन गरेका थिए। हिजोको चौथो दिनको प्रतियोगिताको खेलमा वडा नम्बर ०५ ले वार्ड नं ०८ लाई १-० गोलको अन्तरले विजयी हासिल गरेको थियो।
आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले वडा नम्बर ०५ का भेट्रान खेलाडी विनोद धिमाल लाई म्यान अफ दि म्याच घोषणा गरेको थियो। उनलाई ट्रफीले सम्मानित गरिएको थियो।
यसैगरी आज हुने प्रतियोगिताको खेल वडा नम्बर ०३ र ०७ का भेट्रान टीम बिच दिउसो ३ बजेदेखि संचालन हुने छ।

About Author

Advertisement