भद्रपुर: काठमांडूबाट यात्रु लिएर विराटनगर आँउर्दै गरेको हायस सिन्धुलीमा दुर्घटना भएको छ। बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका हुन्।
शुक्रबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका-८ सिस्नेरीमा दुर्घटना भएको हायसमा विराटनगरसहित कोशी प्रदेशका यात्रुहरु रहेका थिए। घाइतेहरू मध्ये ६ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। केही यात्रुलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाइएको छ।
घाईते हुनेमा हायस चालक जिल्ला मोरङ सुन्दरहरैचा ९ का अनुज सुन्दासको दुबै खुट्टामा चोट लागेको छ। यसैगरी अर्का चालक सुन्दरहरैचा ९ का प्रकाश उप्रेती खुट्टामा चोट लागेको छ। उनको उपचारका लागि घोपा पठाइएको छ। यसैगरी सुनसरी ईटहरी उपमहानगरपालिका १९ का सिसम घिमिरेको दाहीने खुट्टामा सामान्य चोट झापा बिर्तामोड ५ का समिर तामाङ दाहिने खुट्टामा चोट ईटहरी उपमहानगरपालिका ६ कि बिजया तिमल्सीना टाउकोमा चोट ,बाँया हातमा चोट लागेको छ।
मोरङ लेटाङ ६ का गोपाल नेपाली मुखमा र हातमा चोट, दिपेश राई मुखमा चोट, मिक्लाजुङ, मधुमल्लाका बम बहादुर खड्का दाहिने खुट्टामा चोट, पांचथर याङ्वरक ४ बिक्रम सुन्दास दाहिने खुट्टा मुखमा चोट, सुजन सुन्दास हातमा, धनकुटा मदलक्ष्मी १ का गोरख बुढाथोकी टाउको खुट्टामा चोट लाागेको छ। मोरङ सुन्दर हरैचा १ का उपेन्द्र खतीवडा नाक छाती हातमा चोट, मधुमल्लाका नेत्र बहादुर खड्का हात मुखमा चोट, बिराटनगर महानगरपालिका ८ का अतुल कटुवाल निधारमा चोट र तेह्रथुमका निर बहादुर लिम्बु दाहिने खुट्टा र पेटमा चोट लागेको छ।








