इटहरीका व्यवसायीलाई ‘हनी ट्रयाप’ मा फसाएको आरोपमा इटहरीकै भिमादेवी पक्राउ

IMG-20241005-WA0003

भद्रपुर: ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ।
इटहरीकी भिमादेवी थापा गुरुबार पक्राउ परेकी हुन्। प्रहरीले यसअघि सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको थियो। बलात्कार मुद्दामा फसाई दिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए। त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो। घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ।
कार्यस्थलमा रहँदा विवादित बन्दै आएकी बिनुकुमारीलाई भ्याली प्रहरीले जिम्मेवारविहीन बनाएको छ। घटनाको विषयमा छानबिन समितिसमेत गठन भएको छ। डिएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरी छानबिन अघि बढाइएको ललितपुर परिसरका एसपी नरेशराज सुवेदीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement