ग्वालियर: बंग्लादेशका कप्तान नजमुल होसेन शान्तो आफ्नो युवा टीमको साथ टेस्ट सीरीजको हारलाई भुलेर भारतविरुद्ध आउँदो टी२० सीरीजमा आक्रामक क्रिकेट खेल्न चाहन्छन्। भारतले यसअघि टेस्ट सीरीजमा बंग्लादेशलाई २-०-ले पराजित गरेको थियो। अब टी२० सीरीज आइतवारदेखि शुरु हुनेछ अनि पहिलो म्याच यहाँको श्रीमन्त माधवराव सिन्धिया क्रिकेट स्टेडियममा खेलिनेछ। शान्तोले भने, सत्य कुरा भन्नु पर्दा हामी यो सीरीज जित्न चाहन्छौं। हामी आक्रामक क्रिकेट खेल्न चाहन्छौं। गत टी२० वर्ल्ड कपमा पनि हामीसँग सेमिफाइनलमा खेल्ने असल मौका थियो तर हामी त्यहाँ पुग्नदेखि चुकेका थियौं। हामीसँग एउटा नयाँ टीम छ। यसैकारण सबै खेलाड़ीहरूले असल क्रिकेट खेल्ने आशा छ। बंग्लादेशका कप्तानले बताएअनुसार, उनी टेस्ट सीरीजमा आफ्नो टीमको प्रदर्शनबारे सोच्ने छैनन्। उनले भने, टेस्ट सीरीजमा हामीले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरेनौं अनि यो कुरा सबैलाई थाहा छ। अब हामी अतीतमा जान चाहदैनौं। अहिले हामी अघि नयाँ सीरीज छ अनि टी२० प्रारूपमा खेल अलग हुन्छ। म्याचको दिन असल प्रदर्शन गर्ने टीमले नै जीत हासिल गर्नेछ।
भारत र बंग्लादेशको टीम एकाधिक युवा खेलाड़ीहरूका साथ मैदानमा ओर्लिनेछ। भारतको टीम पनि नयाँ छ अनि सूर्यकुमार यादव टीमका कप्तान हुनेछन्। यसरी बंग्लादेशको टीममा केवल ५ जना यस्ता खेलाड़ी रहेका छन्, जसले टेस्ट सीरीजमा हिस्सा लिएका थिए। शान्तोले भने, सीरीजको पहिलो म्याच नयाँ मैदानमा हुनेछ अनि पीचको बर्तावबारे अहिले नै अनुमान लगाउन सकिँदैन। यहाँको विकेटबारे हामीलाई अधिक जानकारी छैन कारण यो नयाँ मैदान हो। हामीले गत केही अभ्यास सत्रको अवधि यस मैदानलाई जान्ने प्रयास गऱ्यौंं। अब पीच कस्तो रहनेछ भन्ने म्याचको दिन नै पत्तो लाग्नेछ।