महिला टी२० वर्ल्ड कपको पहिलो म्याचमै भारतको हार

IMG-20241005-WA0101

दुबई: आईसीसी महिला टी२० वर्ल्ड कपमा भारतको शुरुवात हताशाजनक रह्यो। भारतले टुर्नामेण्टमा आफ्नो पहिलो म्याचमै न्यूजील्याण्डविरुद्ध ५८ रनले हारको सामना गर्नु पऱ्यो। म्याचको अवधि न्यूजील्याण्डकी अलराउण्डर अमेलिया केरकी विवादित रन आउट फसेला चर्चाको विषय रह्यो। अमेलियाले अधिक रन नबनाए पनि त्यस घटनाक्रमले भारतीय टीमलाई लयलाई बिगाऱ्यो। म्याचमा भारतीय ब्याटिंगको शीर्ष क्रम चरम विफल रह्यो, जुन चिन्ताको विषय बनेको छ। भारतीय कप्तान हरमनप्रीत कौरले हारका कारणहरूमाथि चर्चा गर्दै टीमले आफ्नो सर्वश्रेष्ठ क्रिकेट नखेलेको बताइन्। उनले भनिन्, आज हामीले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरेनौ। अब हामीले कुन-कुन क्षेत्रमा सुधारको आवश्यकता छ भन्ने सोच्नु पर्नेछ। अब प्रत्येक म्याच महत्त्वपूर्ण हुनेछ अनि हामीले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नु पर्नेछ। हामीले म्याचमा मौका नबनाएको पनि होइन तर त्यसको फाइदा चाहिँ उठाउन सकेनौ। उनीहरूले हामीभन्दा असल क्रिकेट खेले अनि यसमा कुनै सन्देह छैन। यस्तो ठूलो मञ्चमा गल्ती गर्न सकिँदैन।
हरमनप्रीतले भनिन्, हामीले धेरैपल्ट १६०-१७० रनको लक्ष्यलाई हासिल गरिसकेकी छौ तर यहाँको पीचमा लक्ष्य १०-१५ रन अधिक थियो। न्यूजील्याण्डको शुरुवातलाई हेर्दा एक समय १८० भन्दा अधिकको स्कोर हुने लागिरहेको थियो। हामीले टुर्नामेण्टमा यस्तो शुरुवातको आशा गरेकी थिएनौ। आफ्नो पहिलो म्याचमै पराजित भएपछि भारतले अब ६ अक्टोबरमा पाकिस्तानको चुनौती स्वीकार्नेछ। त्यसपछि ९ अक्टोबरमा श्रीलंका र १३ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध म्याच रहेको छ।
म्याचको कुरा गर्दा दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १६० रन बनायो। कप्तान सोफी डिवाइनले अविजित ५७ रन बनाइन्। उनले ३६ बल खेलेर ७ वटा चौका लगाइन्। यसबाहेक दुईजना ओपनर जर्जिया प्लिमरले ३४ र सुजी बेट्सले २७ रनको योगदान दिइन्। भारतीय बलरहरूमा रेणुका सिंहले सर्वाधिक २ विकेट हासिल गरिन्। जवाफमा भारतीय टीम १९ ओभरमा १०२ रन बनाएर अलआउट भयो। भारतीय टीमबाट कसैले पनि १५ भन्दा अधिक रन बनाउन सकिनन्। कप्तान हरमनप्रीतले सर्वाधिक १५ रन बनाइन्। शीर्ष क्रममा स्मृति मन्धना (१२ रन), शेफाली वर्मा (०२ रन), जेमिमा रोड्रिग्स (१३ रन) र रिचा घोष (१२ रन) चरण विफल रहिन्। न्यूजील्याण्डकी बलरहरूमा रोजमेरी मेयरले सर्वाधिक ४ विकेट हासिल गरिन्। यसबाहेक ली ताहुहुले ३ र एडन कारसनले २ विकेट लिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement