भण्डारीले राज्यको लोकतान्त्रिक व्यवस्थालाई आकार दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरे: राज्यपाल

220px-Nar_Bahadur_Bhandari

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सिक्किमका दोस्रो मुख्यमन्त्री नर बहादुर भण्डारीको जयन्तीमा सबै प्रदेशवासीहरूलाई बधाई दिएका छन्।आज जारी आफ्नो सन्देशमा राज्यपालले भने, ‘श्री भण्डारीले राज्यको लोकतान्त्रिक व्यवस्थालाई प्राम्भिक चरणमा आकार दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
उहॉंको १५ वर्ष लामो कार्यकालमा सिक्किमको बुनियादी ढॉंचा विशेष रूपमा सड़क, बिजली, पानी, शिक्षा र स्वास्थ्यको क्षेत्रको विकासको आधार राखियो। उहॉंले सिक्किमलाई विकसित बनाउन र नेपाली भाषाको मान्यताको निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उहॉं दूरदर्शिता र नेतृत्वले सिक्किमलाई आधुनिकतातिर एक महत्त्वपूर्ण दिशा प्रदान गऱ्यो।’राज्यपालले अघि भने, ‘सिक्किमप्रति उहॉंको प्रेम र समर्पण उहॉंका प्रसिद्ध भनाई ‘म मरे पनि मेरो सिक्किम बाची रहोस्’ मा झल्किन्छ। यस्ता महान दूरदर्शी व्यक्तित्वप्रति म आफ्नो श्रद्धाञ्जली अर्पण गर्दछु।’राज्यपालले आज सिक्किम आफ्नो स्थापनाको ५० औं वर्षमा प्रवेश गरिसकेको छ भने हामी उहॉंको पदचिह्नमा अग्रसर बन्ने संकल्प गरौं र सुनौलो, समृद्ध अनि समर्थ सिक्किमको निर्माणमा आफ्नो योगदान प्रदान गरौं भनी आह्वान पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement