दीक्षा गुरूङलाई अध्ययनका लागि सहयोग गर्ने मुख्यमन्त्रीको वचन

IMG-20241004-WA0328

गान्तोक: मानेबुङ देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत मिडल साखु वार्डकी दीक्षा गुरूङले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरिन्। दीक्षा गुरूङ अहिले धर्मशाला म़ञ्जुनाथेसवाडा कलेजमा नेचरोपेथी र योगिक साइन्स लिएर अध्ययन गरिरहेकी छन्। भेटको क्रममा विद्यार्थी गुरूङले मुख्यमन्त्री तामाङलाई आर्थिक अभावको कारण आफ्नो पढाइलाई निरन्तरता दिन नसक्ने जानकारी गराइन्। मुख्यमन्त्रीले गुरूङको कुरा सुनेपछि आर्थिक अभावको कारण उनको पढाइमा कुनै प्रकारको बाधा उत्पन्न नहोस् भन्ने ध्येय राखेर सबै प्रकारको सहयोग प्रदान गरिदिने मुख्यमन्त्रीले बचन दिएका छन्। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु हुँदैन भन्ने मुख्यमन्त्रीको सोच रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement