बेटी बचाऔँ बेटी पढाऔँ अभियान अन्तर्गत सचेतना कार्यक्रम

IMG-20241004-WA0327

गान्तोक: बेटी बचाऔँ बेटी पढाऔँ दस दिवसीय कार्यक्रम अन्तर्गत आज मंगन जिल्लाको कन्या वरिष्ठ माध्यमिक विद्यालयमा एक सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मंगन जिल्लाका सीडीपीओले मासिकधर्म सरसफाइ र व्यवस्थापनको महत्त्वलाई जोड दिँदै आगामी दिनमा समापन हुने अन्तर्राष्ट्रिय बाल दिवस कार्यक्रमबारे जानकारी गराइन्। यसरी नै उनले प्रोट्क्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स ऐन-२०१२ बारे जानकारी गराउने बालबालिकाका लागि यौन अपराधहरू विरुद्धको सुरक्षामाथि प्रकाश पारिन्। उनले असुरक्षित बालबालिकाका लागि धर्मपुत्र ग्रहण प्रक्रिया र प्रायोजनका अवसरहरू बारे जानकारी पनि साझा गरिन्। यसका साथै सीडीपीओले वान स्टप सेन्टरहरूद्वारा प्रदान गरिएका सेवाहरूबारे अवगत गराइन्, जसले हिंसाबाट प्रभावित महिलाहरूलाई कानूनी सहायता र अस्थायी आश्रयसहित व्यापक सहयोग प्रदान गर्दै आइरहेको जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement