पाकिममा बेटी बचाऔँ बेटी पढाऔँ कार्यक्रम शुरू

IMG-20241004-WA0326

गान्तोक: बेटी बचाऔँ बेटी पढाऔँ कार्यक्रम अन्तर्गत महिला एवं बाल विकास विभागको पहलमा गत २ अक्टोबरदेखि ११ अक्टोबरसम्म दस दिवसीय कार्यक्रम शुरू गरेको छ। पाकिम जिल्लाको नयाँ बजारस्थित आइसीडीएस केन्द्रमा उक्त कार्यक्रम पालन गरिएको हो। कार्यक्रममा सामाजिक कल्याण विभागकी उप निर्देशक डिकित लेप्चाले साना बालबालिका र हेरचाह गर्नेहरूलाई संलग्न गराउने उद्देश्यका साथ महिला अनि बालबालिकालाई सहयोग गर्ने सरकारी योजनाहरूको बारेमा जानकारी गराइन्।
कार्यक्रमले महिलाहरूले सामना गर्नै चुनौतीहरूलाई सम्बोधन गर्न, सशक्तिकरण, लैङ्गिक समानता र उनीहरूको अधिकारको मान्यतालाई प्रवर्द्धन गर्ने आवश्यकतामाथि प्रकाश पारिन। यस अवसरमा बालबालिकाका लागि अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो भने हेरचाहकर्ताहरूलाई यी योजनाहरूले कसरी सहयोग पुऱ्याउन सकिन्छ भन्नेबारेमा प्रोत्साहित गरियो।

About Author

Advertisement