प्रधाननगर थाना अगाडिको नालामा भेटीयाे अपरिचित व्यक्तिको मृतदेह

IMG-20240717-WA0001

सिलगढी: प्रधाननगर पुलिस थाना अगाडिको नालाबाट अपरिचित व्यक्तिको लाश फेला परेपछि क्षेत्रमा सनसनी मच्चिएको छ। उक्त नालामा आज साँझ एक व्यक्तिको लाश भेटिएको बताइएको छ। त्यसपछि स्थानीयले घटनाबारे प्रधाननगर पुलिस थानालाई खबर गरेका थिए। खबर पाएलगत्तै प्रधाननगर थानाको पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाएको थियो। मृतकको लाश करिब ३ देखि ४ दिन पुरानो भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement