काेलकाता: कोलकाताका पूर्व पुलिस आयुक्त विनीत गोयलविरूद्ध दर्ता मामिलाको सुनवाई आगामी सोमवार कलकत्ता हाई कोर्टमा हुनेछ। आरोप नछ, विनीत गोयलले आरजी कर अस्पतालकी पीड़िताको नाम सार्वजनिक गरेका थिए जसको विरोधमा अनामिका पाण्डे नामक वकिलले कोर्टमा याचिका दर्ता गरेकी छन्। हाई कोर्टको डिभीजन बेञ्च जसमा मुख्य न्यायाधीश टीएस शिवगणनम औ न्यायमूर्ति विभास पट्टनायक सामेल छन्,- ले शुक्रवार मामिलाको सुनवाईको तारिक घोषणा गऱ्यो अनि राज्य सरकारका वकिललाई त्यसै अवधि नोटिस जारी गर्ने निर्देश दियो।
विनीत गोयलमाथि आरजी कर अस्पतालकी ती महिला चिकित्सकको नाम उजागर गरेको आरोप छ जसको दुष्कर्मपछि हत्या भएको थियो। यस घटनापछि वकिल अनामिका पाण्डेले उनीविरूद्ध एफआईआर दर्ता गर्ने याचिका दर्ता गराइन्। यसअघि हाई कोर्टले भनेको थियो, यस मामिलासित सम्बन्धित मुख्य मुद्दा सुप्रीम कोर्टमा लम्बित छ र यो निर्णय सुप्रीम कोर्टमाथि नै छोड़िएको थियो। पछिल्लो सोमवार सुप्रीम कोर्टमा आरजी करमामिलाको सुनवाई भएको थियो जसमा हस्तक्षेप नगर्ने निर्णय लिइयो। त्यसपछि शुक्रवार हाई कोर्टमा वकिल महेश जेठमलानीले तर्क दिए, सुप्रीम कोर्टले हस्तक्षेप नगर्नुको कारणले यस मामिलाको सुनवाईमा कुनै बाधा भएको छैन र यसलाई चाँड़ोभन्दा चाँड़ो सुनियोस्।यसअघि जेठमलानीले अदालतसित अपील गरेका थिए, मामिलालाई सुप्रीम कोर्टमा पठाइयोस्। उनले यो प्रश्न पनि उठाएका थिए, एक उच्च पदमा बसेर पनि विनीत गोयलले पीड़िताको नाम कसरी सार्वजनिक गरे। विनीत गोयलका वकिलले यस आरोपको विरोध गर्दै भनेका थिए, विनीतलाई पहिला नै स्थानान्तरित गरिसकिएको छ र सुप्रीम कोर्टमा आरजी कर अस्पतालसित सम्बन्धित मामिला पहिलाबाटै लम्बित छ जसबाट यो मामिला अब महत्वहीन भएको छ। यद्यपि अब कलकत्ता हाई कोर्टमा यस मामिलाको सुनवाई आगामी सप्ताह हुनेछ र सबैको नजर यसमाथि अड़िएको छ कि न्यायालयको निर्णय के हुन्छ।