आरक्षण सीमा ५० देखि बढ़ाएर ७५ प्रतिशत हुनु दिनुपर्छ- शरद पवार

photocollage_2024104205810199

मुम्बई:; राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवारले आरक्षणको मर्यादा ५० प्रतिशतदेखि बढ़ाएर ७५ प्रतिशत हुन दिनु भनेका छन्। जसले आरक्षण पाएन उसलाई २५ प्रतिशतमा सामेल गर्न सकिन्छ।शरद पवारले आज भनेका छन्, केन्द्र सरकारले यसको निम्ति पहल गर्नुपर्छ र हामी यसको समर्थन गर्नेछौं। शरद पवारले शुक्रवार सांगलीमा पत्रकारहरूलाई सम्बोधित गरिरहेका थिए। उनले भनेका छन्, मराठा आरक्षण पाउनुपर्छ, यो मानिसहरूको भावना हो तर अरूको आरक्षण प्रभावित नहोस् यो ध्यान राख्नुपर्छ। केन्द्र सरकारले मराठा आरक्षणको निम्ति पहल गर्नुपर्छ, आरक्षण संविधानमा संशोधन गर्नुपर्छ, हामी सरकारको साथ खड़ा छौं। हामी ५० प्रतिशत आरक्षणमा जान सक्दैनौं तर यदि हामी यसको निम्ति जान चाहन्छौं भने संसदमा बदलाव हुनुपर्छ। पवारले भनेका छन्, संशोधन गर्नमा कुनै समस्या छैन, ५० प्रतिशतदेखि ७५ प्रतिशतसम्म जानसकिन्छ, तमिलनाडूमा यो ७८ प्रतिशत छ। यदि आरक्षण बढ्छ भने महाराष्ट्रमा यो ७५ प्रतिशतसम्म किन हुन सक्दैन। यदि ती सबैले आरक्षण पाए, जसले पाएका छैनन् भने कुनै विवाद हुनेछैन। शरद पवारले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै भनेका छन्, केही नेता केवल पब्लिसिटीको निम्ति म विरूद्ध बयान दिन्छन्। यसको असर उनीहरूमाथि नै पर्छ, यसैले गर्दा म यस प्रकारको आरोप-प्रत्यारोपहरूको जवाफ दिनु उचित सम्झिन्दिन। साथै बढ्दो आयु जस्तो प्रश्नको जवाफ दिँदै उनले भने, आयुको साथै उर्जा पनि बढ्छ। यसैले राजनीतिमा आयु बढ्ने जस्तो टिप्पणीको कुनै अर्थ छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement