सम्थार गोल्ड कपः शक्ति संघ विजयी

IMG-20241004-WA0319

कालेबुङ: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा शुक्रवार एउटा म्याच खेलियो। सम्थार खेल मैदानमा आज भएको एकतर्फी म्याचमा शक्ति संघ, कालीझोड़ाले जर्जियन फूटबल क्लबविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट नीरज कार्कीले ५०औं र ५६औं मिनटमा २ गोल गरे। यसरी आशिष चापागाईंले ३०औं र बिशाल मातीले ३२औं मिनटमा गोल गरे। जर्जियन फूटबल क्लबबाट ताल्लाले ४६औं मिनटमा गोल गरे। विजेता टीमका नीरज कार्कीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २३ र २५ अक्टोबरमा हुनेछ। यसरी फाइनल २७ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement