भारत अन्तरराष्ट्रिय विज्ञान महोत्सव: ३० नोभेम्बरदेखि ०३ दिसम्बरसम्म गुवाहाटीमा हुने

kkk-1024x808

नयाँ दिल्ली: भारत अन्तरराष्ट्रिय विज्ञान महोत्सव (आईआईएसएफ) ३० नोभेम्बरदेखि ०३ दिसम्बर २०२४ सम्म असमको राजधानी गुवाहाटीमा आयोजित गरिनेछ। यस महोत्सवको आयोजन विज्ञान र प्रौद्योगिकी मन्त्रालय, पृथ्वी विज्ञान मन्त्रालय र विज्ञान भारतीको सहयोगले भइरहेको छ।यसको उद्देश्य वैज्ञानिक सोचलाई प्रोत्साहन दिनु, उपलब्धीहरूलाई स्वीकार गर्नु र भारतीयहरूमा जागरूकता फैलाउनु हो। शुक्रवार आयोजित प्रेस वार्तामा केन्द्रिय मन्त्री जितेन्द्र सिंहले भनेका छन्, महोत्सवमा राष्ट्रिय र अन्तरराष्ट्रिय विशेषज्ञहरूको संगोष्ठीहरू, प्रदर्शनीहरू, प्रतियोगिताहरू, कार्यशालाहरू, ज्ञान-साझाकरण गतिविधिहरू, प्रौद्योगिकी शो- का साथै धेरै रोचक कार्यक्रमहरू हुनेछ। यो महोत्सव विज्ञान र प्रौद्योगिकीमा रचनात्मकतालाई प्रोत्साहन दिनका लागि समर्पित छ। भारत अन्तरराष्ट्रिय विज्ञान महोत्सवको शुरूआत साल २०१५ मा नयाँ दिल्लीमा भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement