जीटीए च्याम्पियन्स ट्रफीः दार्जीलिङ पुलिस र यूकेएफसी सेमिफाइनलमा पुग्न सफल

photocollage_202410420396679

दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को युवा मामिला एवम् खेलकुद विभागको देखरेखमा स्पोर्ट्स काउन्सिल, जीटीए-द्वारा आयोजित जीटीए च्याम्पियन्स ट्रफी २०२४ फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिस र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले सेमिफाइनलमा स्थान बनायो। दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको सहयोगमा आयोजित यस टुर्नामेण्टमा शुक्रवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। लेबोङ स्थित गोर्खा स्टेडियममा भएको पहिलो म्याचमा यूकेएफसी-ले सासोनिअन फूटबल क्लबविरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट नयन प्रधानले १९औं र ३६औं मिनटमा २ गोल गरे। यसरी बीरेन प्रधानले ३३औं र श्रीजक राईले ५४औं मिनटमा गोल गरे। अन्य एउटा गोल (१७औं मिनट) आत्मघाती रह्यो। यसरी सासोनिअन एफसी-बाट शिवम खड़काले पाँचौं र अंगद मगरले ४८औं मिनटमा गोल गरे। यसरी दोस्रो म्याचमा दार्जीलिङ पुलिसले जर्जियन फूटबल क्लबविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्रीले ३७औं र ४३औं मिनटमा गोल गरे। यसरी मनीष सुब्बाले ५८औं मिनटमा गोल गरे। जर्जियन फूटबल क्लबबाट मिंगमा शेर्पाले ५१औं मिनटमा गोल गरे। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ५ र ६ अक्टोबरमा हुनेछ। यसरी फाइनल ८ अक्टोबरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement