गोठगाँउ दुर्घटनामा घाइते स्कुटर चालक महिलाको मृत्यु

IMG-20241004-WA0302

भद्रपुर: मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँमा दुर्घटनामा परेर घाइते भएकी १ जना महिलाको मृत्यु भएको छ।
बेलबारीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ५५९२ नम्बरको मोटरसाइकलले इटहरीतर्फ नै जाँदै गरेको प्रदेश १-०२-०४८ प ६८५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्करबाट स्कुटर चालक सुन्दरहरैँचा-५ की ३२ वर्षीया मुना गौतम घाइते भएकी थिइन्। उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा शुक्रबार बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार बनेका मोटरसाइकल चालक संखुवासभाको मादी नगरपालिका-२ का ३० वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement