सोमवार ७ अक्टोबर सिलगढी एएलसी घेराउ गरिने
दार्जीलिङ: पहाडको आठवटा श्रमिक संगठनहरूको संयुक्त मञ्च श्रमिक संगठन पार्वत्य समन्वय मञ्चको सभा आज दार्जीलिङमा सम्पन्न भएको छ। उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै समन्वय मञ्चको प्रतिनिधिहरूलो बातचीत गरेका छन्। यस क्रममा सिलगढी एएलसी कार्यालय घेराउपछि समन्वय मञ्चले अर्को चरणको कार्यसूची घोषणा गर्ने समन पाठकलो बताएका छन्। बीस प्रतिशत बोनसको मागमा समन्वय मञ्चले सोमवार ७ अक्टोबर उक्त कार्यालय घेराउ गरिने उनले घोषणा गरेका छन्। पहाडमा ८ वटा श्रमिक सङ्गठन गोलबद्ध पार्वत्य कर्मचारी सङ्ठन समन्वय मञ्चले अर्कोतिर चाडबाडपछि हुने भनिएको अघिल्लो वार्ताबारे जवाबी पत्रमाथि आपत्ति जनाउँदै निर्दिष्ट तारिख अनि समयको माग गर्दै पुन: पत्राचार गरिने पाठकले बताए। दलीय झण्डा लिएर उक्त दिनको धरना प्रदर्शनअवधि मञ्चमा सामेल सबै श्रमिक सङ्गठन नेतृत्वहरु सामेल हुने उनले थप जानकारी गराएका छन्। यसबीच २० प्रतिशत चिया बोनसको मागमा आन्दोलनरत समन्वय मञ्चको आज दार्जीलिङमाबैठक भयो। माकपा कार्यालयमा भएको बैठकअवधि १० वटा बन्द चियावारीहरुमा जीटीए रिलिफ फण्ड वितरण गरिनुपर्ने मागमा अपीलको साथ मुख्य कार्यापाल अनित थापालाई ज्ञापन बुझाउने नेतृत्वहरु एक मतमा रहेको बताइएको छ।