मंगन: मंगन जिल्लाका नागरिकहरूले सिक्किम गो एसएसओ ई-सेवा प्लेटफर्म मार्फत सफलतापूर्वक पहिलो ई-प्रमाणपत्रहरू प्राप्त गरेका छन्। यसमा जोङ्गु, चुङ्थाङ, काबी र मंगन चारै उप-डिभिजनका बासिन्दाहरूले गर्वका साथ आफ्नो घरबाट नयाँ लागू गरिएको ई-प्रमाणपत्रहरू साझा गरेl सार्वजनिक सेवाहरूलाई सरल र सुव्यवस्थित गर्न प्रविधिको प्रभावकारी शक्तिलाई प्रकाश पारे। पेमा वाङ्चेन नामकारपा, एडीसी, मंगन जिल्लाले ई-सेवाहरू समयको आवश्यकता भएको कुरामा जोड दिएl विशेष गरी मंगन जिल्लामा जहाँ बारम्बार प्राकृतिक प्रकोपहरूले सरकारी सेवाहरूमा परम्परागत पहुँचमा बाधा पुर्याउँछ।
उनले अनलाइन सेवाहरू पहुँच गर्नसक्ने क्षमताले दक्षता बढाउने मात्र नभई नागरिकहरूले समयमै सहयोग प्राप्त गर्ने कुरामा पनि जोड दिए। हाल पञ्जाबमा अध्ययनरत मंगनका बासिन्दा पिन्जे लेप्चा भन्छन्, ‘नमस्ते, म मंगनका पिन्जे लेप्चा हुँ, हाल एमएलएस बीएस्सी गुलजार ग्रुप अफ् इन्स्टिच्युसन् पञ्जाबमा पढ्दैछु। आदिम जनजाति प्रमाणपत्रको लागि मेरो आवेदन प्रशोधन गर्न, र म हाल पञ्जाबमा हुँदा पनि सिमलेस अनलाइन मोड मार्फत जारी गरेकोमा म डीसी कार्यालय मंगनलाई धन्यवाद जनाउँदछु। सम्पूर्ण प्रक्रियामा मेरो व्यक्तिगत उपस्थिति आवश्यक थिएन किनकि मैले वेबसाइटमा गएर मात्र मेरो कागजातहरू बुझाउनु परेको थियो। धन्यवाद डीएसी मंगन।‘ सिक्किमको आईटी विभागद्वारा यसबारेमा प्रेस विज्ञप्ति जारी गरेको छl