खरसाङ: खरसाङ खण्ड अन्तर्गत सुकना भाग-एकमा सांसद राजु विष्टको सहयोगमा पन्ध्रवटा सोलर लाईट लगाउने कार्य भएको जानकारी भाजपा सुकुना जोनका प्रतिनिधि अजय शर्माले दिएका छन्। तिनले जनाए अनुसार यहाँको लठ्ठाकलदेखि सुकुना स्कूलसम्म सोलर लाईट लगाउने कार्य सम्पन्न गरियो। दशैंको छेकमा यसरी सोलर लाईट पाउँदा सुकुना भाजपा मण्डल अत्यन्त खुशी रहेको जनाउँदै यसको निम्ति सासंद विष्टप्रति क्षेत्रवासीले आभार व्यक्त गरेका छन् भनी बताएका छन्। लाईट लगाउने कार्यक्रममा सुकुना भाजपाका अजय शर्मा, बिकाश परियार, रबि सोनार, गोपाल राणा, समिति सदस्य अरूणा छेत्री अनि पञ्चायत सदस्य चन्द्र भण्डारीको विशेष उपस्थिति रहेको थियो। आगामी दिनमा चाँडै हर घर जल योजना मार्फत सुकुनाको पिउने पानीको समस्या पनि समाधान हुने जनाउँदै शर्माले सुकुना भाजपा सदैव क्षेत्रको विकास गर्न प्रतिबद्ध रहेको जनाएका छन्।