घुम जोरबङ्लो महाविद्यालयमा सांस्कृतिक प्रदर्शनी

photocollage_2024104192440351

घुम: आफ्ना श्रोत, सम्पदा र संस्कृतिलाई गम्भीरतापर्वक बुझेर अघि बढेको समाज नै सुदृढ र सम्वृद्ध बन्दछ। त्यसो र इतिहास विभाग, घुम जोरबङ्लो महाविद्यालयको तत्परतामा आज सांस्कृतिक प्रदर्शनी कार्यक्रम राखियो। उक्त कार्यक्रममा पुराना पैसाहरू, लोकोपचारका विविध औषधी, पुराना वाद्ययन्त्र, पुराना समयमा चलाइएका विविध यन्त्र, पुराना पैसा, वस्त्र आदि प्रदर्शनीमा राखिएको थियोे। आधुनिक युगीन सभ्यता र साधनले विर्साएका पुराना कुरालाई समय, परिस्थिति र इतिहासबोध गराउनका निम्ति पनि विद्यार्थीलाई यी कुरा प्रदर्शन गर्न उत्साही तुल्याएका मत प्राध्यापक चन्दन थापाले प्रकट गरे। ग्रामो फोन, जातीय वाद्ययन्त्र, पुराना क्यासेट, जातीय वर्तन, वस्त्र र खानपिनसँग नयाँ पुस्तालाई साक्षातकार गराई युगिन चेत र विकासबोध विजारोपण गराउन सकिने दृष्टि उनले प्रदान गरे। उक्त प्रदर्शनीलाई हेर्न स्थानीय पाठशालाका विद्यार्थीहरू पनि सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement