मङ्पु : स्व एनएल राई स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिताको फाईनल सम्पन्न भएको छ। मङ्पू रङ्बी ज्ञानपीठ विद्यालयको आयोजनामा समष्टि स्तरीय तर्क प्रतियोगिताको फाईनल स्थानीय रबिन्द्र भवनमा ज्ञानपीठ विद्यालयका प्राचार्य दिलिप गुरुङको अध्यक्षता सम्पन्न भयो।आजको तर्क सभा विकासले बिनास ल्याउँछ कि ल्याउँदैन” भन्ने विषयमा रहेको थियो। यसमा मङ्पू सन्त जोसेफ विद्यालय अनि रञ्जुभेल्ली निम्नोच्च माध्यमिक विद्यालयका नानीहरुमाझ सप्पन्न भयो।सह शिक्षक कन्चन राई, अदीप राई, मिलन राई अनि दुष्यान्त रामुदामुले सञ्चालन गरेको समारोहमा रञ्जुभेल्ली विद्यालयका नानीहरुले नृत्य प्रस्तुत गरे भने विद्यालयका सह शिशक सुनील राईले गीत प्रस्तुत गरेका थिए। यसरी समारोहमा आजको तर्क सभाबारे साहित्यकार सुरेन्द्र थीङ अनि सभासद रतन थापा साथै जीटीएको सूचना एवं सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले दुई शब्द राखेका थिए। कार्यक्रमको निर्णायकगणमा सुरेन्द्र थीङ, एके गुरुङ, केबी गिरी, चन्द्रकला राई अनि शुक्र राई रहेका थिए।
लाब्दा मङ्पू समष्टि स्तरीय स्व एनएल राई स्मृति तर्क प्रतियोगितामा मङ्पू वरिपरि ८ वटा विद्यालयहरूले भाग लिएका थिए। आजको तर्क प्रतियोगितामा सर्वश्रेष्ठ अंक १८० ल्याएर रञ्जभेल्ली निम्नोच्च माध्यमिक विद्यालय च्याम्पियन बने। आजको फाईनल तर्क प्रतियोगितामा सर्वश्रेष्ठ तार्किकको रुपमा सन्त जोसेफ विद्यालयका छात्र नवनीत थापाले ३८.५ अंक ल्याएर चयन भएका छन्।

अन्यमा ज्ञानपीठ विद्यालयका शिक्षक प्रभारी दिलीप गुरुङले सबैलाई धन्यवाद दिएपछि आजको कार्यक्रमको प्रमुख अतिथि रतन थापा, विशिष्ट अतिथिहरु विज्ञान मिश्र, सिन्कोना बगान ब्यस्थापक गोपाल लामीछाने, मोहमद मुस्थापा, बसन्तमणि राई, सुदेश थापा अनि समीर रुचाल बाहुलीबाट बिजय अनि पराजयदललाई पुरस्कार वितरण गरियो।