सलमान खानले घोषणा गरे ‘किक-२’

Salman-Khan

मुम्बई: अभिनेता सलमान खान र निर्माता साजिद नाडियाडवालाले आफ्नो नयाँ फिल्म ‘किक-२’ घोषणा गरेका छन्। दुवै जना अहिले ए आर मुरुगादासको फिल्ममा कम गरिरहेका छन्। निर्माण कम्पनी नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टले ‘सिकन्दर’ को सेटबाट सलमानको तस्बिर पोस्ट गर्दै लेख्यो, ‘सिकन्दरको किक २ फोटोसुट उत्कृष्ट थियो। सन् २०१४ मा फिल्म ‘किक’ ले हलचल मच्चाएको थियो। यो साजिद नाडियाडवालाको निर्देशनमा डेब्यू थियो, जसमा ज्याकलिन फर्नान्डिज, रणदीप हुड्डा र नवाजुद्दीन सिद्दिकीले अभिनय गरेका थिए। फिल्म ‘किक’ले बक्स अफिसमा उत्कृष्ट सफलता हासिल गरेपछि अब यसको सिक्वेललाई लिएर दर्शकको उत्सुकता बढेको छ। ‘किक–२’ लाई लिएर फ्यानहरुले धेरै अपेक्षा गरेका छन्। अब सलमान र साजिदले यसपटक के नयाँ प्रस्तुति दिन्छन् त्यो हेर्नु रोचक हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement