खरसाङ: खरसाङको तीनधारे महानदी समष्टि अन्तर्गत मालुटार चियाबारी र सिपाहीधुरा चियाबारीमा श्रमिकहरू १६ प्रतिशत होइन बीस प्रतिशत बोनसको मांगमा अडिग रहेको देखियो। यस क्रममा आज बिहान सिपाहीधुरा चियाबारीमा श्रमिकहरू काममा नगई बीस प्रतिशत बोनसको मांगमा प्रबन्धकसित बातचीत गर्दै गरेको देखिएको छ। श्रमिकहरूले मालिक र सरकारले निकालेको १६ प्रतिशत बोनसको एडभाईजरी नमान्ने अनि बीस प्रतिशत बोनस नौ चाहिने भनी नाराहरू लगाई रहेको देखिएको छ। त्यसरी नै तीनधारे महानदी समष्टिको मालुटार चियाबारीमा पनि श्रमिकहरूले बीस प्रतिशत बोनसको माग गरिरहेको देखियो। यस क्रममा श्रमिकहरूले सरकार र मालिक पक्षले १६ प्रतिशत बोनसको लागि जारी गरेको एडभाईजरीलाई अस्वीकार गर्दै बीस प्रतिशत बोनसको माग गरिरहेको जानकारी प्राप्त भएको छ। मालुटार चियाबारीमा श्रमिकहरू काममा नगई बीस प्रतिशत बोनसको मांगमा अडिग रहेको बताएका छन्। श्रमिकहरूले बीस प्रतिशत बोनस नौ चाहिने र बीस प्रतिशत बोनसको माग गर्दै काममा पनि नजाने प्रतिबध्दता जाहेर गरेको जानकारी प्राप्त भएको छ। यस क्रममा मालुटार चियाबारीमा तीनवटा राजनैतिक पार्टीहरूको ट्रेड युनियनहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, गोर्खा जनमुक्ति मोर्चा र गोरामुमो पार्टीको प्रतिनिधिहरूले श्रमिकहरूसित बातचीत गरेका थिए। तर श्रमिकहरू आफ्नै अडिगमा रहेर बीस प्रतिशत बोनसको मांगमा रहेको जानकारी प्राप्त भएको छ। श्रमिकहरूले हामीलाई बीस प्रतिशत बोनय चाहिएको तर १६ प्रतिशत होइन भनी अडिग रहेको र बगानको प्रबन्धक पक्षले अहिले कम्पनीले दिएको १६ प्रतिशत बोनस थापेर काममा आउने सुझाव दिन्दा श्रमिकहरूले बीस प्रतिशत बोनसको माग गरेको जानकारी प्राप्त भएको छ। तीनवटा राजनैतिक पार्टीहरूको ट्रेड युनियनहरूले बातचीत गर्दा श्रमिकहरू बीस प्रतिशत बोनसको मांगमा अडिग रहेको जानकारी गोजमुमो तीनधारे महानदी समष्टिको सभापति आईतमान राईले बताएका छन्।