दुर्गा पूजा कार्निभल सम्बन्धमा मेयर गौतम देवले बैठक गरे

IMG-20241004-WA0264

सिलगढी: मेयर गौतम देवले आज दुर्गा पूजा कार्निभलको बारेमा बैठक गरे। यस वर्ष कार्निभलमा जम्मा १३ क्लबको सहभागिता रहनेछ। आजको बैठकमा कार्निभलमा कुन कुन किसिमको झाँकी निकाल्ने, कुन क्लबले सहभागिता जनाउने भन्ने विषयमा विस्तृत चर्चा भएको थियो। कार्निभलमा सहभागी १३ क्लबमध्ये प्रथम हुने क्लबलाई ७५ हजार, दोस्रो हुने क्लबलाई ६० हजार र तेस्रो हुने क्लबलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ। यसका साथै २७ अक्टोबर विजया सम्मेलनमार्फत विभिन्न क्लबलाई सम्मान गरिने भएको छ। प्रथम हुनेलाई रु० ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोलाई २० हजार, चौथोलाई रु० १५ हजार र पाँचौँलाई रु १० हजार र प्रशंसापत्र प्रदान गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement