रोटरी क्लब अफ दार्जिलिङले दार्जिलिङका ३९ विद्यालयका विद्यार्थीहरूसँग चाढ पर्व पालन

IMG-20241004-WA0273

प्रत्येक विद्यार्थीलाई १२ सय रुपियाँको सपिङ कुपन प्रदान

दार्जिलिङ: रोटरी क्लब अफ दार्जिलिङले दार्जिलिङका ३९ विद्यालयका विद्यार्थीहरूसँग चाढ पर्व पालन गरेको छ। क्लबको प्रमुख परियोजना – स्प्रेड द ह्याप्पिनेस अफ दशैं, क्लबले विगत २० वर्षदेखि आयोजना गर्दै आएको छ। रोटरी क्लब अफ दार्जिलिङका अध्यक्ष समीर सिंघलले भने, “यस वर्ष क्लबले दार्जिलिङको साई स्कूल र रेडक्रस विद्यालयका बालबालिकासँग दशैंको खुसीयाली बाँड्ने निर्णय गरेको छ।”

होटल लिटिल तिब्बतमा विद्यार्थीहरूका लागि चलचित्र देखाइयो र त्यसपछि तातो खाजा खाइयो। त्यसपछि यी विद्यार्थीका अभिभावकलाई बिग बजारमा बोलाएर प्रत्येक विद्यार्थीलाई १२ सय रुपैयाँको सपिङ कुपन दिइएको थियो। ‘बालबालिकाले दशैंको लुगा किन्न सकून् भनेर हामीले कुपन उपलब्ध गरायौं,’ सिंघलले भने। रोटरी क्लब अफ दार्जिलिङले सहरलाई सुन्दर बनाउने एउटा सानो प्रयासको रूपमा सहरको रोटरी टावरमा भर्टिकल गार्डन पनि स्थापना गरेको छ। टावरमा वर्षैभरि रक्तचाप र रक्त शर्करा जाँच गर्न निःशुल्क क्लिनिक सञ्चालन गरिन्छ। क्लबका ४४ सदस्यको योगदानबाट क्लिनिक सञ्चालित छ। विगतमा क्लबले मल रोडमा ओपन एयर जिम स्थापना गरी विद्यालयको मर्मतसम्भार, रेन हार्वेस्टिङ प्रणाली स्थापना, वृक्षारोपण अभियान र विद्यालयका बालबालिकाका लागि नेतृत्व तालिम सत्र जस्ता विभिन्न परियोजनाहरू सञ्चालन गरेको छ।

‘हामीले दार्जिलिङका लागि यस्तै सामाजिक परियोजनाहरू लाइन अप गरेका छौं जुन आगामी महिनाहरूमा अनावरण गरिनेछ,” सिंघलले भने।

About Author

Advertisement