दार्जीलिङ: सेण्ट रोबर्ट्स स्कूल (एसआरएस), दार्जीलिङको आयोजनमा भएको पाँचौं सेण्ट रोबर्ट्स च्यालेञ्ज इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा आयोजक एसआरएस-को यल्लो टीम च्याम्पियन बन्यो। बिहीवार भएको फाइनल म्याचमा एसआरएस यल्लो टीमले सोनादाको शान्तिरानी हाई स्कूलविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। निर्धारित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि पेनल्टी शूटआउटमा शान्तिरानी हाई स्कूलको अन्तिम प्रयासलाई रोकेर गोलकीपर नेल्सन शेर्पाले एसआरएस यल्लो टीमलाई च्याम्पियन बनाए। यसरी तेस्रो स्थानको प्लेअफ्-मा मंगपूको सेण्ट जोसेफ्स स्कूलले शिक्षासंघ हाई स्कूलविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। फाइनलमा मुख्य अतिथिको रूपमा राष्ट्रिय स्तरका युवा फूटबलर ब्रिजेश गिरी उपस्थित थिए। उनलाई आयोजक स्कूलको तर्फबाट सम्बर्द्धना जनाइयो।

संक्षिप्तमाः
च्याम्पियनः एसआरएस यल्लो
रनरअप्ः शान्तिरानी हाई स्कूल
प्लेयर अव् द म्याचः नेल्सन शेर्पा (एसआरएस यल्लो)
बेस्ट गोलकीपरः नेल्सन शेर्पा (एसआरएस यल्लो)
बेस्ट डिफेण्डरः प्रिन्स थापा (शान्तिरानी हाई स्कूल)
हाईएस्ट स्कोररः विश्वास शर्मा (सेण्ट जोसेफ्स स्कूल)
प्लेयर अव् द टुर्नामेण्टः सुमित तामाङ(एसआरएस यल्लो)