जलपाईगढी: दुर्गा पूजा पश्चिम बंगालको सबैभन्दा ठूलो पर्व हो, चाहे धनी होस् या गरिब, यस पर्वमा सबै सहभागी हुन्छन्। तर कतिपयले गरिबीका कारण यो पर्व राम्ररी मनाउन सकेका छैनन्। यसैलाई ध्यानमा राख्दै जलपाईगढी शहर र छेउछाउसका ११ परिवारका कुल २५ जनालाई हुमाईपुर प्रकाश फाउन्डेसनले नयाँ कपडा र खाद्य सामाग्रीहरू प्रदान गरेको थियो, ताकि उनीहरूले दुर्गा पूजालाई राम्ररी रमाइलो गर्न सकून्। फाउण्डेशनका सदस्यहरुले वर्षैभरि सामाजिक सेवाका धेरै काम गरिरहने बताए। दुर्गा पूजा बंगालीहरुको मनको नजिकको पर्व हो र यो पर्वलाई सबैले राम्ररी मनाउनुपर्छ भन्ने कुरालाई ध्यानमा राख्दै गरिबहरुलाई नयाँ कपडा र खाद्यवस्तु वितरण गरिएको हो।