कोलकाता: पश्चिम बंगालको ब्यारेकपुरका पूर्व लोकसभा सांसद अर्जुन सिंहको घरमा गोली र बमले आक्रमण भएको छ। शुक्रबार बिहान भएको आक्रमणमा पूर्व सांसद अर्जुन सिंह घाइते भएका छन्। भारतीय जनता पार्टीका नेता तथा पूर्व सांसद अर्जुन सिंहको घरमा शुक्रबार धेरैले आक्रमण गरेको समाचार छ। आक्रमणमा अर्जुन सिंह पनि घाइते भएका छन्।

अर्जुन सिंह आफ्नो घर अगाडि उभिरहेका बेला अचानक स्थानीय तृणमूल नेता नमित सिंह र उनको पार्टीका नेताहरूले ढुंगाले आक्रमण गर्न थालेपछि यो हमला गरिएको भन्ने आरोप लगाइएको छ। हमला बारेमा सोशल मिडियामा एक भिडियो पोस्ट गर्दै अर्जुन सिंहले भने, ‘आज बिहान सबैजना नवरात्रि पूजामा व्यस्त हुँदा एनआईए मुद्दाका आरोपी र तृणमूल कांग्रेसका नेताका छोरा नमित सिंहलाई स्थानीय पार्षद र स्थानीय पुलिसको सुरक्षामा राखियो।‘ उनले अझ भने, ‘आक्रमणका क्रममा स्थानीय पुलिस मूकदर्शक बनेर पुलिसको अगाडि खुलेआम हतियार हल्लाइरहेका थिए। उनीहरूले करिब १५ वटा बम हाने र एक दर्जनभन्दा बढी राउण्ड फायर गरे। यो धेरै लाजमर्दो छl’