मिरिक: मिरिकको पहिला गाउँ स्कूल डाँडा ग्राम पञ्चायत दुई मिरिक थर्बु नन्दलाल गाउँ निवासी प्रमेस राईकाे घर अविरल वर्षाकाे कारण क्षति भएकाे छ। उक्त घरमा प्रमेस राई र उनकाे ७६ बर्षीय आमा मनकुमारी राई अनि पत्नी दिब्य राई बस्थे। उनीहरू भाग्यले बाँचेका छन्। उक्त स्थानकाे स्थलगत भ्रमण अनि निरीक्षण पञ्चायत सदस्य दिपेन्द्र राई अनि युवा शक्ति मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष प्रशासन राईले गरेका छन्। घटनाबारे जानकारी गराउँदै प्रमेश राईले भने, ‘आज राति हामी मस्त निन्द्रमा थियाैं।अचनाक धसरक्क गरेकाे आवाज आयाे। उठेर हेर्दा घरमुनिकाे भित्ता झरेर बरण्डा भत्काई सकेकाे थियाे। हामी हतार हतार बाहिर निस्किएर करायाैं। वरपरका सबैजना आएर हामीलाई सुरक्षित स्थानमा लगेर राख्ने कार्य गरे।’
उनले घरमा वृद्ध आमा रहेकाे अनि पैह्राेले घर भत्काएपछि समस्या भएकाे जानकारी गराउँदै स्थानीय ग्राम पञ्चायत सदस्य दिपेन्द्र राईले उक्त समय धेरै सहयाेग गरेकाे अनि घर निर्माणकाे लागि सम्बन्धित निकायमा जानकारी गराउने आश्वसन दिएकाे बताए। उक्त स्थानकाे स्थलगत भ्रमण गर्न पुगेका भागाेप्रमाेकाे युवा शक्ति मिरिक थर्बु डुप्टिन समष्टिका अध्यक्ष प्रशासन राईले सम्पूर्ण जानकारी संग्रह गरेर स्थानीय सभासद मिलेस राईलाई दिएर पिडित परिवारलाई शीघ्र सहयाेग गरिदिने अनुराेध गरिएकाे बताए।