भद्रपुर: झापाको बाह्रदशी–६ मा प्रहरीले हत्यापछि शव पुरिएको हुन सक्ने आशंकामा उत्खनन् गरिरहेको छ।
तीन महिनादेखी हराइरहेका २१ वर्षीय युवा राजेश ठाकुरलाई हत्या गरेर पुरिएको हुन सक्ने आशंकामा प्रहरीले छिमेकीको घरको आगन र कोठामा उत्खनन् सुरु गरेको हो।

प्रहरीले युवाको खोजविन गरिरहेको अवस्थामा बयानका आधारमा उत्खनन् गरेको बुझिएको छ। युवाको हत्या आशंकामा अनुसन्धान भइरहेको थियो। उत्खनन्का क्रममा नुनको पोकाहरु भेटिएको छ। प्रहरीले छिमेकीको घरमा उत्खनन् गरिरहेको छ।