विराटनगरमा माल बाहक गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

IMG-20241004-WA0117

भद्रपुर: विराटनगर १८ आइसीपी रोडमा माल बाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएको छ।
गुरुबार बेलुका ६:४५ बजेको समयमा आइसीपी जादै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सो दिशा तर्फ गइरहेका साईकलयात्री विराटनगर १८ लवाघाटका ६० वर्षीय श्याम साहलाई ठक्कर दिएर घाईते बनाएको थियो।
टाउको र शरिरको बिभिन्न भागमा चोट लागी घाईते उनलाई उपचारको लागि बिराट नर्सिङहोम पठाइएको थियो।
चिकित्सकले चेक जाँच गर्ने क्रममा बेलुका ७:३० बजे मृत घोषणा गरेका थिए। जिल्ला ट्राफिक प्रमुख राजन लम्सालका अनुसार ट्रक चालक फरार छन्।ट्रक र साईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement