सोनादा: दार्जीलिङ पहाडको प्रसिद्ध पर्यटकीय स्थल इन्द्रेणी फल्स बाँसको पुलको आधा भाग बगाएको छ। लगातार परेको पानीले इन्द्रेणी फल्स जाने बाटोमा रहेको खोलामा निर्मित बाँसको पुललाई क्षति गर्नुको साथै आधा भाग नै बगाएको छ। यो पुल बगाएपछि इन्द्रेणी फल्स पुग्न बाटो चुडिएको छ। उक्त बाँसको पुल केही महिना अघि इन्द्रेणी फल्स संरक्षण समितिद्वारा निर्माण गरिएको थियो।

उक्त पुल बगाएपछि इन्द्रेणी फल्स संरक्षण समितिले सम्बन्धित विभागसित यस पर्यटकीय स्थलसम्म पुग्नको लागि स्थायी रूपमा पुल बनाई दिने निवेदन गरेका छन्।

यहाँ पक्की पुल बनिएको खण्डमा पर्यटकीय सिजनमा पर्यटकहरू इन्देणी फल्ससम्म पुग्नलाई धेरै सुविधा हुने थियो बताएका छन्। तर अहिले यहाँ स्थायी पुल नभएकोले साथै बाटो पनि राम्रो नभएको कारणले यहाँसम्म पुग्नलाई पर्यटकहरूले धेरै असुविधाको सामना गर्न परिरहेको भनी इन्द्रेणी फल्स संरक्षण समितिको तर्फबाट सोनादाको मिलिङ बस्ती निवासी बिसान्त चामलिङ र उमेश मुखियाले बताएका छन्।