युएई रेड क्रिसेन्टले गरे नेपालमा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण

IMG-20241004-WA0090

भद्रपुर: युएई रेड क्रिसेन्टको प्रतिनिधिमण्डलले सुनसरीका विभिन्न स्थान सहित नेपालका विभिन्न जिल्लामा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण गरेको छ। युएई रेड क्रिसेन्टले काठमांडूस्थित संयुक्त अरब इमिरेट्सका दूतावासको सहयोग र समन्वय एवं नेपाल सरकारका सम्बन्धित निकायको आवश्यक सहयोगमा मानवीय परियोजना कार्यान्वयन गरेको हो। सेप्टेम्बर महिनाभरिमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी जिल्लाका विभिन्न गाउँमा प्रभावित परिवारको आवश्यकता अनुसार करिब २० हजार थोक खाद्यन, ७ हजार ३ सय मेडिकल किट र ४ हजार २ सय ३६ वटा र्तिपाल वितरण गरिएको छ। भौगोलिक अवस्थिति, हिमाली भूभाग, जलवायु परिवर्तन र मौसमको उतारचढावका कारण नेपालले समय-समयमा भोग्नुपरेको सबै विपद् तथा विपत्तिमा युएई सरकार सधैं नेपालको साथमा रहन्छ भनिएको छ। नेपाल सरकार र नेपाली जनतालाई युएई सरकारको निरन्तर सहयोग प्रशंसनीय रहेको जनाएको छ। यो नेपाल र युएई दुई देशबीचको सुमधुर मैत्री सम्बन्धको प्रमाण भएको जनाएको हो। स्रोतका अनुसार वितरण गरिएको बाढी र पहिरोबाट प्रभावित परिवारको लागि यो पहिलो चरणको सहायता भएको र छिट्टै दोस्रो चरणको पनि सहायता आउने सम्भावना रहेको जनताको छ।
सुनसरीका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबान प्रभावितलाई राहत उपलब्ध गराएको जनाएको छ। नेपालका लागि यूएईका राजदूत अब्दुल्ला अल शम्सीले यूएई सरकारको तर्फबाट खाद्यान्न सामग्री राहत वितरण गरेका हुन्।
इनरुवा नगरपालिका ४ मरिक गाउँका सुनसरी खाेला कटान र बाढी प्रभावित घर-परिवार सहित पाँच हजार ३०० लाई राहत सामग्री वितरण गरिएको हो। यूएई सरकारले नेपालमा प्राकृतिक विपत्तिको समय वा अन्य समयमा समेत सहयोग गर्दै आएको छ। विपत्तिका बखत नेपाली जनतालाई यूएई सरकारले साथ र सहयोग गर्दै आएको जनाएको छ। यूएई सरकार र नेपाल सरकारको मित्रता सदैव कायम रहोस् भन्ने कामनाका साथ स्थानीयले राहत वितरण गर्ने प्रति धन्यवाद व्यक्त गरेका छन्। जिल्लाका विभिन्न नदी खाेला कटान तथा बाढी प्रभावितहरु र विपन्न परिवार , दलित, गरिब, सुकुम्बासी र सिमान्तकृतहरुलाई खाध्यान राहत सामग्री वितरण गरेको जनाएको छ। हुमन फस्ट अर्थात मानवीय प्रथम नाराका साथ राहत सहयोग वितरण गरेको काेर्डिनेटरले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement