गोरुबथान: आगामी ६ अनि ७ अक्टोबरको दिन गोरुबथानमा पहिलो पटक ओपन नकआउट बक्सिङ च्याम्पियनसिप २०२४ सम्पन्न हुन गइरहेको छ। गोरुबथान बक्सिङ एसोसिएसनको तत्वधानमा सम्पन्न हुन गइरहेको बक्सिङ च्याम्पियनसिपमामा विभिन्न स्थानहरूबाट खेलाडीहरु भाग लिन आइरहेका छन्। गोरुबथान बक्सिङ एसोसिएसनको तर्फबाट महासचिव सचिन फुलाहाङ राईले सबै सबैलाई निमन्त्रणा तथा यस च्याम्पियनसिपमाबारे जानकारी गराउँदै यसो भने।










