जीटीए च्याम्पियन्स ट्रफीःकालेबुङ पुलिस र हिमालश्री एथलेटिक क्लब सेमिफाइनलमा पुग्न सफल

photocollage_2024104023262

दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को युवा मामिला एवम् खेलकुद विभागको देखरेखमा स्पोर्ट्स काउन्सिल, जीटीए-द्वारा आयोजित जीटीए च्याम्पियन्स ट्रफी २०२४ फूटबल टुर्नामेण्टमा कालेबुङ पुलिस र हिमालश्री एथलेटिक क्लबले सेमिफाइनलमा स्थान बनायो। दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको सहयोगमा आयोजित यस टुर्नामेण्टमा बिहीवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। लेबोङ स्थित गोर्खा स्टेडियममा भएको पहिलो म्याचमा कालेबुङ पुलिसले भा-तकभर फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गऱ्यो। निर्धारित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। निर्धारित समयको खेलमा भा-तकभर एफसी-बाट अजनिश राईले ५७औं मिनटमा गोल गरे। यसरी कालेबुङ पुलिसबाट अनिवनेश गुरुङले ६९औं मिनटमा गोल गरे। यसरी दोस्रो म्याचमा हिमालश्री एथलेटिक क्लबले संकटा फूटबल क्लबविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट निमा तामाङले नवौं मिनटमा गोल गरे। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ५ र ६ अक्टोबरमा हुनेछ। यसरी फाइनल ८ अक्टोबरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement