भेनेजुएला र बोलिभियाविरुद्ध खेल्न तयार लियोनल मेस्सी

IMG-20241003-WA0281

ब्यूनस आयर्स: दिग्गज फरवर्ड लियोनल मेस्सी दक्षिण अमेरिकी वर्ल्ड कप क्वालीफाईंग चरणअन्तर्गत भेनेजुएला र बोलिभियाविरुद्ध आउँदो दुईवटा म्याचको निम्ति अर्जेण्टिनाको राष्ट्रिय टीममा फर्किएका छन्। खुट्टाको चोटले गर्दा ३७ वर्षीय यस दिग्गज फूटबलरले हालै केही म्याचहरूमा हिस्सा लिएका थिएनन्। अर्जेण्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले १० अक्टोबरमा भेनेजुएला र त्यसको पाँच दिनपछि बोलिभियाविरुद्ध खेलिने म्याचहरूका निम्ति टीमको घोषणा गरे। कोलम्बियाविरुद्ध कोपा अमेरिकाको फाइनलमा चोट लागेपछि मेस्सी राष्ट्रिय टीमबाट बाहिर रहेका थिए। दक्षिण अमेरिका क्वालीफाईंग ग्रुपमा अर्जेण्टिना १८ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेको छ। त्यसपछि कोलम्बिया १६ पोइण्ट्सको साथ दोस्रो अनि उरुग्वे १५ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। दक्षिण अमेरिकी ग्रुपबाट शीर्ष ६ वटा टीमले २०२६ फिफा वर्ल्ड कपको निम्ति क्वालीफाई गर्नेछ जबकि सातौं स्थानमा रहने टीमले एक स्थानको निम्ति अन्तर्राष्ट्रिय प्लेअफ् मा हिस्सा लिनेछ।

About Author

Advertisement