नयाँ दिल्ली: बंग्लादेश र स्कटल्याण्डबीच म्याचको साथ आईसीसी महिला टी२० वर्ल्ड कप बिहीवारदेखि शुरु भयो। हरमनप्रीत कौरकी कप्तानीमा रहने भारतीय टीमले शुक्रवार आफ्नो अभियान शुरु गर्नेछ। भारतलाई टुर्नामेण्टमा अष्ट्रेलिया र ईंग्ल्याण्डको साथमा ट्रफी जित्ने प्रबल दावेदार टीम मानिएको छ । महिला टी२० वर्ल्ड कपको नवौं संस्करणमा १० वटा टीमले हिस्सा लिएको छ, जसलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। ग्रुप ए-मा ६ पल्टको च्याम्पियन अष्ट्रेलिया, भारत, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका रहेको छ। यसरी ग्रुप बी-मा बंग्लादेश, ईंग्ल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिज रहेको छ। टुर्नामेण्टको आयोजन पहिला बंग्लादेशमा हुनु थियो तर त्यहाँ राजनैतिक संकटले गर्दा आईसीसी-ले यसलाई यूएई-मा स्थानान्तरित गरेको थियो। टुर्नामेण्टमा १८ दिनको अवधि जम्मा २३ वटा म्याच खेलिनेछ अनि फाइनल २० अक्टोबमा खेलिनेछ। भारतले शुक्रवार न्यूजील्याण्डविरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ। म्याच भारतीय समयानुसार राति ७:३० बजीदेखि शुरु हुनेछ। त्यसपछि ६ अक्टोबरमा चीरप्रतिद्वन्द्वी पाकिस्तानसँग म्याच रहेको छ। भारतले ९ अक्टोबरमा श्रीलंका अनि १३ अक्टोबरमा अष्ट्रेलियाको चुनौती स्वीकार्नेछ। महिला टी२० वर्ल्ड कपको सीधा प्रसारण भारतमा स्टार स्पोर्ट्स नेटवर्कमा गरिनेछ। यसको साथमा डिज्नी प्लस हट्स्टारमा पनि सीधा प्रसारण हुनेछ। आईसीसीले महिला क्रिकेटको हितलाई ध्यानमा राखेर ऐतिहासिक कदम उठाउँदै महिला टी२० वर्ल्ड कप २०२४-मा पुरुषहरूका टुर्नामेण्टको बराबर पुरस्कार राशि दिने घोषणा गरेको छ। यसरी टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २.३४ मिलियन अमेरिकी डलरको पुरस्कार राशि दिइनेछ, जुन पहिला १ मिलियन अमेरिकी डलर थियो। आज टुर्नामेण्टको उद्घाटन म्याचमा बंग्लादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गऱ्यो।