याङथाङ फार्मको उद्घाटन

n63358827117279795354069ddafec409eff3db4cbd0651757773a12fb1b2cd55da9353e8d83a789dc99081

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गेजिङ जिल्ला अन्तर्गत पेलिङमा निर्मित याङथाङ्स फार्मको उद्घाटन गरे।
पेलिङमा यस फार्मको शुरूवात थाकर्पा परिवारद्वारा गरिएको हो भने यो एक बहुआयामिक उद्यम हो जसमा अर्किडेरियम, सिक्किमका पुरातन वस्तुहरूको सङ्ग्रहालय, पक्षी अभयारण्य, र ऐतिहासिक याङ्थाङ जोङ, सिक्किमको जीवित उदाहरणहरू मध्ये एक हो, जसलाई याङ्थाङ दरबार पनि भनिन्छ।
यो फार्म सिक्किम विधानसभाका पूर्व अध्यक्ष डीएन ठाकर्पा, सिक्किम सरकारकी पूर्व मुख्य प्रशासक आर. ओङमु, सामाजिक कार्यकर्ता एवं सरकारी ठेकादार कर्मा थिन्ले थाकर्पाका छोराको स्वामित्वमा रहेको छ।
अर्किडेरियमले अर्किडहरूको दुर्लभ संग्रह प्रदर्शन गर्दछ, जसमध्ये धेरै सिक्किमका मूल निवासी हुन्, जुन यस क्षेत्रको समृद्ध जैविक विविधताको प्रतिक हो। यी अर्किडहरू राज्यका अन्य क्षेत्रहरूमा पाउन धेरै कठिन छ। याङथाङ फार्म भित्र रहेको संग्रहालयले राज्यको सांस्कृतिक परम्परा झल्काउने दुर्लभ कलाकृतिहरू, पुरातन वस्तुहरू र अवशेषहरू प्रदर्शन गरेर सिक्किमको समृद्ध इतिहासलाई सुरक्षित राख्छ। यस संग्रहलयमा सिक्किमको सम्पदा भावी पुस्तामा हस्तान्तरण हुने सुनिश्चित गर्दै परम्परागत औजार, कपडा, कलाकृति र पाण्डुलिपिहरू समावेश गरिएको छ।
उद्घाटनका क्रममा मुख्यमन्त्री तामाङले सिक्किमको सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणमा ठाकर्पा परिवारको समर्पणको प्रशंसा गरे। उनले राज्यको इतिहास, कला र जैविक विविधताको प्रदर्शनमा उनीहरूको भूमिकालाई ध्यानमा राख्दै भावी पुस्ताका लागि यस्ता पहलहरू संरक्षण गर्ने महत्त्वमा जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement