पाकिममा सडक सुरक्षा समितिको समन्वय सभा

IMG-20241003-WA0284

गान्तोक: पाकिम जिल्लास्तरीय सडक सुरक्षा समितिको एक समन्वय सभा आज पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटियाको अध्यक्षतमा सम्पन्न भयो। यस सभामा अतिरिक्त जिल्लापाल भोटियाले जिल्लामा लागू गरिएका सावधानीका उपायहरूबारे जानकारी लिँदै सम्भावित जोखिमबाट बाँच्न समन्वय र इमान्दारिताका साथ पहल गर्नुपर्ने अधिकारीहरूलाई आग्रह गरे। सोही प्रकारले आरटीओ पीआर दुलाल मोटर वाहन ऐनका प्रावधानहरू र यस क्षेत्रमा ट्राफिक र सडक सुरक्षा सम्बन्धी मुद्दाहरूको बारेमा जानकारी दिए। बैठकमा समितिले जिल्ला सडक सुरक्षा योजना निर्माण गरी सडक सुरक्षाको जनचेतना फैलाउनुपर्ने विषयमा जोड दिएको छ। उनले थप जानकारी गराए अनुसार सदस्यहरूले उचित चिन्हको साथ दुर्घटना क्षेत्रहरूको पहिचान र सीमाङ्कन गर्न आवश्यक रहेकोमा जोड दिए।
यसबाहेक, समितिले एकीकृत सडक दुर्घटना डाटाबेस (आईआरएडी) आवेदनमा पनि छलफल पनिनगऱ्यो। यो एप्लिकेसन सडक सम्बोधनमा समन्वय बढाउन सम्बन्धित विभागहरूबाट सडक दुर्घटना डाटाको सङ्कलनलाई व्यवस्थित गर्न तयार गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement