पाकिम: भारत सरकारको जल जीवन मिशन कार्यान्वयनलाई लिएर पाक्योङ जिल्लाका जिल्लापाल अगवाने रोहन रमेशले आज जिल्लाका विभिन्न विभागीय अधिकारीहरुसँग बैठक गरे। जिल्लापाल कार्यालयमा भएको सो बैठकले उक्त परियोजनामाथि छलफल गरेको थियो। बैठकमा जिल्ला योजना अधिकारी सोनाम जाङ्पो भोटिया, रिगु ग्राम विकास अधिकारी दोर्जी शेर्पा, एनएचआईडीसीएल, एएआई र बीआरओका अधिकारीहरूले परियोजनाबारे छलफल गरे। परियोजनालाई प्रभावी बनाउने दिशामा बैठकले प्रमुखता दिएको थियो। जसलाई राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड र सीमा सडक संगठनको पनि सहमती रहेको थियो। यसअन्तर्गत जिल्ला प्रशासनले विभिन्न क्षेत्रको निरीक्षण भ्रमण गर्ने निर्णय लिएको छ। परियोजनाले यस क्षेत्रभरि घरेलु ट्याप जडान गर्ने र पानीको गुणस्तर बढाउन ध्यान केन्द्रित गर्ने तय भएको छ।